जिम्बाब्वेले श्रीलंकालाई हरायो

काठमाडौं । टी–२० सिरिजको दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वेले श्रीलंकालाई ४ विकेटले हराएको छ । योसँगै सिरिज १–१ को बराबरीमा आएको छ । ऊ पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा श्रीलंकाले दिएको १ सय ७४ रनको लक्ष्य जिम्बाब्वेले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । जिम्बाब्वेलाई अन्तिम ओभरमा जितका लागि २० रन आवश्यक थियो । तर, उसले एक बल अगावै लक्ष्य पूरा गर्न सफल भयो ।  उसका लागि क्रेग एर्विनले ५४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७० रन बनाए । यस्तै, ब्रायन बेनेट र ल्यूक जोंग्वेले २५/२५, क्लाइभ मडान्डेले १५ तथा रयान बर्लले १३ र तिनसे काम्हुन्कम्वेले १२ रन जोडे ।

श्रीलंकाका लागि महीश थिक्क्षणा र दुश्मन्था चामेराले दुई/दुई तथा वानिन्दु हसरंगा र दिलशान मधुशंकाले एक/एक विकेट हात पारे । त्यसअघि कोलम्बोस्थित प्रेमदासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो । उसका लागि चरित अशलंकाले ३९ बलमा ५ चौका र ३ छक्कासहित ६९ तथा एन्जेलो म्याथ्यूजले ५१ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ६६ रनको पारी खेले ।

यस्तै, सदीरा सामविक्रमाले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ​जिम्बाब्वेका लागि ब्लेसिङ मुजारबानी र ल्यूक जोंग्वेले दुई/दुई तथा वेलिंग्टन मसाकाद्जा र रिचर्ड नागरावाले एक/एक विकेट लिए । श्रीलंका र जिम्बाब्वेबीचको निर्णायक तथा तेस्रो खेल बिहीबार हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर