शेयर बजारमा उच्च अंकको वृद्धि, ८ अर्ब २ करोडको कारोबार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ५४.५४ अंकले बढेर दुई हजार एक सय ७५ दशमलव १७ विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीकोे शेयरमूल्य घटेको छ । दुईवटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज १५ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने ७ कम्पनीको शेयरमूल्यमा ७ प्रतिशतको वृद्धि भएको छ ।  त्यस्तै, ज्योती विकास बैंक बोण्ड २०८७ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर