मेयर हर्क साम्पाङले पत्र लेख्दै भने, “उपकुपतिलाई तुरुन्त उपस्थित गराइ दिनुस्”

काठमाडौं ।  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय कर्मचारीको बढुवालाई लिएर विवाद हुँदा हाल प्रतिष्ठानको सेवा ठप्प भएको छ। यसले गर्दा अहिले प्रतिष्ठानको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प छ।

अहिले विपी प्रतिष्ठानको मुख्य समस्या भनेको प्रतिष्ठानका कर्मचारीहरूको स्तरोन्नति हो। ९ वर्षदेखि स्तरोन्नति रोकिएका कर्मचारीहरूले योपटक जसरी पनि आफूहरूको माग पूरा हुनैपर्ने माग राखेका छन्। जसअनुसार प्रतिष्ठानको शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले हाल सेवा ठप्प पारिरहेका छन्।  साथै उनीहरूले कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई बर्खास्त गर्न कुलपतिसमेत रहेका प्रधानन्त्रीलाई पत्र पठाएका छन्। ३ महिनाअघि पनि प्रतिष्ठानका कर्मचारीहरूले आफ्नो स्तरोन्नति हुनुपर्ने माग राखेका थिए। त्यतिखेर प्रतिष्ठानले ३ महिनाभित्र माग सम्बोधन गर्ने सहमति गरेको थियो। सोही सहमतिअनुसार बढुवाको  प्रक्रिया अघि  नबढेपछि प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक हाल आन्दोलनमा छन्।

कामु उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा मेयर हर्क साम्पाङले ताला लगाए

लामो समयसम्म पनि प्रतिष्ठानका कर्मचारीको माग सम्बोधन गर्न नसकेको भन्दै धरान उपमहानगरका मेयर हर्क साम्पाङले विपी प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा गएर सोमबार ताला लगाएका छन्। प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरूले बताएका छन्।

यसैगरी मंगलबार मेयर साम्पाङले प्रतिष्ठानको समस्यालाई तत्काल समाधान गरेर निकास निकालिदिन स्वास्थ्यमन्त्री बस्नेतलाई आग्रह गर्दै पत्र लेखेका छन्। उनले लेखेको पत्रमा भनिएको छ‚ ‘प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई विरामीको उपचार प्रभावित भएको, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भइरहेको हुँदा तत्काल प्रतिष्ठानको कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तुरुन्त उपस्थित गराई हाल देखिएको विद्यमान समस्या हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन हुन अनुरोध छ।‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर