नेपालले आज वेस्ट इण्डिजसँग ‘वार्मअप’ खेल्ने

काठमाडौं  ।  यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्न दक्षिण अफ्रिकामा रहेको नेपालो टोलीले मंगलबार वेस्ट इण्डिजसँग ‘वामअर्प’ खेल खेल्दैछ। खेल दिउँसो पौने २ बजे जोहानेसवर्गमा शुरु हुनेछ। शनिबार भएको वार्मअप खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको नेपालको १९ वर्षमुनिको टोलीले आज अन्तिम वार्मअप खेल्न लागेको हो। यसअघि सन् २००८ मा वेस्ट इण्डिजविरुद्ध प्रतिस्पर्धा गरेको नेपालको यू–१९ टोली ७ विकेटले पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर