टुँडिखेलमा माघी मनाउन अनियन्त्रित भीड

काठमाडौं । काठमाडौंको टुँडिखेलमा हिजो माघी पर्व मनाउने क्रममा भीड अनियन्त्रित भएपछि च्यापिएर ११ जना घाइते भएका छन्।

उनीहरू टुँडिखेलको गेटबाट भित्र जाने र बाहिर निस्कने क्रममा अनियन्त्रित भीडमा च्यापिएर घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए। भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो।

घाइते सबैको ट्रमा सेन्टरमा उपचार गरिएको एसपी ढुंगेलले बताए। घाइतेहरूको अवस्था सामान्य छ। मगर र थारू समुदायका व्यक्तिहरू टुँडिखेलमा माघी मनाउन भेला भएका थिए। उनीहरूले हरेक वर्ष टुँडिखेलमा माघी पर्व मनाउने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर