पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ। इन्डियन आयल कर्पोरेशन पठाएको नयाँ खरीद मूल्यअनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६ पैसा र डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएको छ। भारतबाट घटेर आएपछि निगम सञ्चालक समितिले आज सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो।

निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल १४३ रुपैयाँ ५० पैसा कायम भएको छ। साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १६५, डिजल र मट्टितेल प्रतिलिटर १५५ कायम गरिएको छ। काठमाडौं, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ, डिजल र मट्टितेल १५६ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर