प्रख्यात गायक भृगुराम श्रेष्ठको निधन

काठमाडौ । नेपाल भाषाका प्रख्यात गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

उनका तीन छोरा र एक छोरीमध्ये एक छोरा, एक छोरी र श्रीमतीको निधन भइसकेको छ । नायिका नविना श्रेष्ठको २०५१ सालमा निधन भएको थियो । नेपालभाषाका प्रख्यात गायकका रुपमा चिनिनुहुने भृगुरामले गायक र अभियनको क्षेत्रमा लामो योगदान गर्नुभएको छ ।

भृगुराम विक्रम सम्वत् १९९० कात्तिक महिनामा त्यौड टोलको तुंबहालमा  जन्मनुभएको हो । सानैदेखि नेपाल भाषाको गीत र भजन गाउन थाल्नुभएका भृगुरामले २००९ सालदेखि रेडियो नेपालमा गाउन थाल्नुभएको हो ।

नेपाल भषाको ‘जीवन दबू’ कार्यक्रम हार्मोनियम बजाउँदै भृगुरामले प्रत्यक्ष गाउन थाल्नुभएको हो । उहाँले गाउनुभएको नेपाल भाषाको लोकगीत ‘माया रे रतन, जि नं छंके माया’ त्यतिबेला जनजीवनमा साह्रै लोकप्रिय थियो ।

टोल टोलमा हुने सांस्कृतिक कार्यक्रममा भृगुरामको उपस्थिति अनिवार्यजस्तै हुन्थ्यो । टोलकै साथी दुर्गालाल श्रेष्ठका गीत पनि भृगुरामले थुप्रै गाउनुभएको थियो । २०१२ सालदेखि नै टोलमा हुने ज्ञानमाला भजन पनि उहाँले गाउन थाल्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर