बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ ।

भारी वर्षासहित चट्याङ पर्दा २ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको हो ।सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा मेघगर्जनसहित भारी वर्षा भएपछि चट्याङ परेको हो ।

मृत्यु हुनेमा खेतबारीमा काम गरिरहेका किसानहरु रहेका छन् । मौसम परिवर्तनसँगै हुने वर्षा र चट्याङका कारण दक्षिण एशियाली मुलुकहरुमा सयौं मानिसको मृत्यु हुने गरेको छ ।

जलवायु परिवर्तनको असर झेलिरहेका विश्वका गरीब देशहरु मध्ये बंगलादेश पनि एक हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर