भारतको गोरखनाथमा खिचडी चढाउन टोली प्रस्थान
काठमाडौं । गोरखाबाट भारतको गोरखपुरस्थित गोरक्षनाथ मन्दिरमा चढाउन खिचडी पठाइएको छ । गोरखाबाट बाजागाजासहित खिचडी
टोली त्यहाँ पुगेर खिचडी चढाएर फर्कने गोरखनाथ आश्रमका अध्यक्ष होमसिं बस्न्यातले बताए ।
माघ १ गते गोरखपुरको गोरक्षनाथ मन्दिरमा नेपालबाट पठाइएको खिचडी चढाउने प्रचलन रहेको छ । करिब २० वर्षदेखि रोकिएको परम्परालाई यस वर्षबाट निरन्तरता दिएको र यसले धार्मिक पर्यटक भित्र्याउन सघाउ पुग्ने बस्न्यातको भनाइ छ । भारतको गोरखपुरमा खिचडी चढाएपछि गोरखामा जात्रापर्व शुरु हुने प्रचलन रहेको पनि उनले बताए ।
प्रतिक्रिया