माघे संक्रान्तिलाई मुग्लिङ सडक चौबीसै घन्टा खुला रहने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि चौबीसै घण्टा खुला गरिएको छ । दुई दिन काम रोकेर माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर यो सडक खण्ड चौबीसै घण्टा खुला गरिएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए ।

धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको थियो । अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ । उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो । यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ ।

पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । गएको पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर