मन्त्री श्रेष्ठलाई नाउपाको सह-अध्यक्ष बनाउने तयारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सह-अध्यक्ष बनाउने भएको छ । टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत हुँदा निवर्तमान अध्यक्ष श्रेष्ठ सह-अध्यक्ष बन्ने भएका हुन् ।

त्यसका लागि विधान संशोधन हुने नेताहरूले बताएका छन् । नाउपाका नवनिर्वाचित महासचिव गंगाराम थारूले निर्वतमान अध्यक्ष श्रेष्ठलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सह-अध्यक्षको व्यवस्था गर्न लागेको बताए । “विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्ने कुरा भएको छ  । निवर्तमान अध्यक्षलाई नै सह-अध्यक्ष बनाइनेगरी छलफल चलेको छ,” उनले भने । श्रेष्ठले पनि दोहोरिने इच्छा देखाएकी थिइन् । नाउपाले प्रथम महाधिवेशनबाट अध्यक्षसहितका २७ पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर