पृथ्वीजयन्तीको अवसरमा राप्रपाको चियापान कार्यक्रम

काठमाडौं ।  पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ। भृकुटीमण्डपमा आयोजित उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सहभागी भए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गरे। त्यस अवसरमा प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको तस्बिरमा पुष्पहार चढाए। राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर