न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे

काठमाडौं ।  पाकिस्तानसँगकाे ५ खेलकाे टी–२० शृङ्खलामा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज भएकाे पहिलाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे । न्युजिल्यान्डले दिएकाे २ सय २७ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान १८ ओभरमा १ सय ८० रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका बाबर आजमले सर्वाधिक ५७ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए ।

यसअघि अकल्यान्डमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर २ सय २६ रन बनायाे । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६१ र कप्तान केन विलियमसनले ५७ रन बनाए । बलिङतर्फ पाकिस्तानका कप्तान शाहीन अफरिदी र अब्बास अफरिदीले ३ विकेट लिए । याे जितसँगै न्युजिल्यान्डले शृङ्खलामा १–० काे अग्रता बनाएकाे छ । दाेस्राे टी–२० आउँदाे आइतवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर