चितवन क्षेत्र नम्बर २ बाट लामिछाने दोस्रो पटक निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका छन् । लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ निर्वाचित भएका हुन् ।

सम्पन्न मतगणना अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएका हुन् । लामिछानेका  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमाले का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे ।

मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ । आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर