बन्दुक देखाएर सुनचाँदी र नगद लुटपाट

काठमाडौं ।  कपिलवस्तुमा हतियार देखाएर सुन व्यापारीमाथि लुटपाट भएको छ । पसल बन्द गरी घर फर्किँदै गरेको अवस्थामा बिहीबार साँझ ५ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताए । मास्क र कपडाले मुहार छोपेर आएका छ, सात जनाको समूहले बन्दुक देखाएर लुटपाट गरेको थियो ।

यशोधरा गाउँपालिका ५ सुठौली र बुढापार जोड्ने मार्गमा सुन व्यापारी शिवमङ्गल बर्माको साथबाट नगद ३७ हजार नेपाली रुपैयाँ, तीन हजार भारतीय मुद्रा, सुन र चाँदी गरी ७ लाखबराबरको लुटेको उजुरी परेको छ । बर्माले कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीचोकमा रहेको जय माँ अम्बे ज्वेलर्स सञ्चालन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर