रुसी सेनामा भर्ती भएका एक नेपाली युवाको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका एक अर्का नेपाली युवाको  मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको प्युठान नगरपालिका वडा नं. ४ काठेवरका सोनु सुनार रहेका छन् ।

उनको युक्रेन-रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए । सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको उनले बताए । मृतक सुनार दुई वर्षअघि दुबई गएका थिए, उनी  उतैबाट रुस गएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर