कुनै पनि हालतमा एसइई हटाउनु हुँदैन : डा. शर्मा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) हटाउनु नहुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठक उनले विद्यार्थीको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीको गुणस्तर खस्किने बताए । उनले एसइई हटाउँदा विद्यार्थीले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको ठोकुवा गरे ।

अध्यक्ष शर्माले कक्षा ८ पछि एकैपटक १२ कक्षामा परीक्षा लिँदा विद्यार्थीको उत्तीर्ण हुने दर घट्ने बताए । उनले कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी पुनः भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा विद्यार्थी अनुत्तीर्ण भए उमेरको कारणले पुनः पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने बताए । उनले कक्षा १० मा परीक्षा आवश्यक रहेको बरू कक्षा १० को परीक्षा केन्द्रले नगरीकन प्रदेश तहले गर्नसक्ने उल्लेख गरे ।
उनले कोभिड–१९ को महामारीपछि कक्षा ११ को परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखेको उल्लेख गर्दै सो कक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भइराखेको बताए । कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तीर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्याङ्कनमाथि पनि प्रश्न उठ्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर