महिला विश्वकप गर्न चार राष्ट्रको दाबी

काठमाडौं । सन् २०२७ मा आयोजना हुने महिला फिफा विश्वकप आयोजनाका लागि चार दाबी परेको छ ।

फिफाले २०२७ को विश्वकपका लागि चार वटा दाबी पेश भएको जनाएको छ ।

फिफाको अनुसार ब्राजिल र दक्षिण अफ्रिकाले दाबी पेश गरेको छ ।

त्यस्तै बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त आयोजनाका लागि दाबी गरेको छ ।

अमेरिका र मेक्सिकोले समेत संयुक्त आयोजनाका लागि दाबी गरेको छ।

फिफाले २०२४ को मे १७ मा आयोजना हुने फिफा कंग्रेसबाट आयोजक छनोट गर्नेछ ।

२०२३ को महिला विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त आयोजना हुँदैछ । प्रतियोगिता आगामी २० जुलाई देखि २० अगस्टसम्म हुनेछ। एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर