भक्तपुरको पलासेमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिला मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।
प्रदेश २–०३–०१९ प १०५८ नं. को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौं कोटेश्वर बस्ने वर्ष २२ की ममता सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर