गौशाला–२६ को साइबर ब्युरोमा उजुरी

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी हाल्ने पीडित गौशाला–२६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा तस्बिरहरु हाल्नेविरुद्ध गौशाला २६ ले साइबर ब्युरोमा उजुरी दिएकी छन्। बलात्कार मुद्दामा सन्दीप दोषी ठहर भएर ८ वर्ष कैदको फैसला भएपछि गौशाला–२६ को तस्बिरहरु भन्दै सामाजिक सञ्जालमा केही तस्बिरहरु नामसहित सार्वजनिक भएका थिए। पीडितले उक्त तस्बिरहरु सार्वजनिक गर्नेविरुद्ध बिहीबार साइबर ब्युरोमा उजुरी दिएकी हुन्।

पीडितको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ। तस्बिर राख्नेहरुको खोजी भइरहेको साइबर ब्युरोले जनाएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपमाथि ८ वर्ष कैद र पाँच लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर