आज बिहीबार नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.६२ अंकले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज ६ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने एक कम्पनीको शेयरमूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ ।   त्यस्तै, नेपाल एसबीआइ बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.६० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको २३ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर