संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिनजिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताएका छन्। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा उनले राजनीतिक दलहरू सहमतिको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको बताए। उनले अप्ठ्यारा महसुस गरिएको ठाउँमा उदारता देखाएर भए पनि विधेयक टुंग्याउनुपर्ने बताए।

उनले भने, ‘हामी धेरै नजिक भइसकेका छौँ। यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ। बाँकी जो छन् यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ। यसमा संक्रमणकालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ। संक्रमणकालीन न्याय जिम्मेवारी बोध र उदारताबिना सम्भव छैन। सीमितता हुनु भएन।’

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए। उनले विधेयकलाई पार्टीगत रूपमा मात्रै लिएर बुझ्न नहुने बताए। प्रधानले भने, ‘सहमतिबाट टुंगो लगाऔँ। प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ। पार्टीका सिद्धान्त फरकफरक हुन्छन्। त्योभन्दा माथि उठेर गर्नुपर्छ। अझै पनि दुई महिना थपौँ। टुंग्याऔँ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर