गौशाला–२६ को तस्बिर सार्वजनिक गर्ने रास्वपाका सापकोटा निलम्बित
काठमाडौं । रास्वापाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई निलम्बन गरेको छ । सापकोटाले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले उनलाई निलम्बन गरेको हो ।
सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल (एक्स) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए । रास्वपाले सामाजिक सञ्जाल फेसबुक मार्फत सापकोटालाई निलम्बन गरेको जानकारी दिँदै लेखेको छ– ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं। सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल (एक्स) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए ।’