क्रिकेटर सन्दीप लामिछाने क्यानबाट निलम्बित

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीपलाई क्यानले निलम्बन गरेको हो ।

उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको क्यानले जनाएको छ । यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो । यसअघि सन्दीपले आफू राष्ट्रिय टिमबाट अलग भएको भन्दै क्यानलाई पत्र पठाएका थिए । उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र पठाउँदै आफू राष्ट्रिय टिमबाट अलग हुने जानकारी गराएका छन् । त्यसपछि अनौपचारिक निर्णय गर्दै क्यानले उनलाई निलम्बन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर