राष्ट्रियसभा उम्मेदवारको नामावली प्रकाशित गरिँदै
काठमाडौं । आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्य चुनाव लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ ।
उम्मेदवारमाथिको उजुरी जाँचबुझ सकेर आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् ।
भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । राष्ट्रियसभाको रिक्त १९ सिटका लागि गएको सोमवार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
प्रतिक्रिया