स्पेनिस सुपर कप : रियल मड्रिड फाइनलमा

काठमाडौं ।  स्पेनिस सुपर कप फुटबलमा रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ५–३ गोलले हराउँदै रियल फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा १–१ गोल थपेका थिए । योसँगै रियल र एट्लेटिकोले निर्धारित समयमा ३–३ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

रियलका लागि एन्टोनिओ रुडिगर, फेर्लान्ड मेन्डी, डानी कार्भाजाल र ब्राहिम डिआजले गोल गरेका थिए । एक गोल एट्लेटिकोका स्टेफन सभिकले गरेका आत्माघातिबाट प्राप्त भएको थियो । एट्लेटिकोका लागि मारिओ हेर्मोसो र एन्टोनिइ ग्रिजम्यानले एक–एक गोल गरेका थिए । एक गोल भने रियलका एन्टोनिओले गरेको आत्मघातीबाट प्राप्त भएको थियो । अब रियालले आज हुने बार्सिलोना र ओसासुनाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । उपाधि भिडन्त आगामी आइतबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर