सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट अलग

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीबाट अलग भएका छन् । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै नेपाल क्रिकेट संघ (क्यान) लाई एक पत्र लेख्दै लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेर सन्दीपले लेखेको लामो पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् । ‘तपाईँलाई थाहा छ, म आफ्नो जीवनको कठिन समयबाट गुज्रिरहेको छु । म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’, सन्दीपले पत्रमा भनेका छन्, ‘मैले अनुसन्धान र न्यायिक प्रक्रियाका सबै चरणमा सहयोग गरेँ र अन्ततः काठमाडौँ जिल्ला अदालतले मलाई दोषी ठहर गरेको छ । मैले न्यायालयको  निष्पक्षतामाथि सधैँ भरोसा गरेको छु, र मेरो विश्वास अपरिवर्तित र बलियो रहनेछ, यद्यपि घटना वास्तविकताभन्दा धेरै टाढा छ।  न्यायको आशा गरिरहेको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर