रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेका छन् ।

उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित हुने निश्चित भएपछि मंगलबार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नरहेको बताउँदै यस्तो संकेत गरेका हुन् ।

सरकारमा जाने सम्भावना नरहेको तर्क गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नदेखेको बताए ।

सरकारका कामप्रति आफूहरु सन्तुष्ट नरहेकाले स्थिरताका नाममा गलत ब्यक्ति र प्रवृत्तिलाई नबोक्ने लामिछानेले स्पष्ट पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर