नेप्सेमा आज बुधबार ९.५० अंकले वृद्धि

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको चौथो कारोबारको दिन आज बुधबार  सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ९.५० अंकले बढेर दुई हजार ८९ दशमलव ६२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने सोही सङ्ख्याका कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।  नेप्सेका अनुसार दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेको छ भने चार वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज ५.९५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर