कोशीमा राप्रपाका विष्ट सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं । गठबन्धन दलभन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेपछि राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध कोशी प्रदेशको सभामुख बनेका छन्। एमाले संसदीय दलको बैठकले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दलबाहेकलाई सभामुख बनाउने निर्णय गरेसँगै विष्ट निर्विरोध निर्वाचित भएका हुन्।

सत्तारुढ गठबन्धन दलहरुले पनि सभामुखमा उम्मेदवार नउठाउने निर्णय गरेका थिए। कोशी प्रदेश सभाको सभामुख चयनका लागि आज तय गरिएको निर्वाचनमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा लामो समयदेखि सभामुख पद रिक्त  थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर