चक्रवर्ती हबी कलेजका अध्यक्षमाथि आफ्नै छोराले खुकुरी प्रहार

काठमाडौं । चक्रवर्ती हबी एजुकेशन एकेडेमीका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोराले खुकुरी प्रहार गरेका छन् । उनीमाथि सोमबार राति आफ्नै छोरा निरजको समूहले खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन् । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
अध्यक्ष भण्डारीको परिवारभित्र उक्त कलेजको स्वामित्वबारे विवाद उत्कर्षमा पुगेको थियो । कलेजको स्वामित्व विवाद कम्पनी रजिष्ट्रार कार्यालय हुँदै अदालतसम्म पुगिसकेको छ । देवेन्द्रका छोरा निरजले आफूलाई कलेजको अध्यक्ष मान्दै आएका छन् । देवेन्द्र स्वयंले पनि आफूनै कलेजको अध्यक्ष भएको दाबी गर्दै आएका छन् ।

निरजले आफूलाई मंसिर १ गतेको सञ्चालक समितिको बैठकले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको दाबी गर्दै आएका थिए । सोही दाबी बमोजिम उनले सोको कार्यान्वयन हुनुपर्ने भन्दै क्याम्पसमा आफू समर्थित १५÷२० जना युवाहरुसहित हिजो आएर क्याम्पसभित्र प्रवेश गरेका थिए । उनले आफ्ना बाबु देवेन्द्रलाई कजेल प्रवेशमा समेत रोक लगाएका थिए । सोही क्रममा विवाद हुँदा उनी र उनका समर्थनमा आएका युवाहरुले देवेन्द्रमाथि खुकुरी प्रहार गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर