काेशी प्रदेशकाे सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत

काठमाडौं ।  काेशी प्रदेशकाे सभामुखमा अम्मरबहादुर विष्ट सर्वसम्मत हुने भएकाे छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेपछि विष्ट सर्वसम्मत भएका हुन् ।

विराटनगरस्थित प्रदेशसभा भवनमा मंगलबार बसेकाे नेपाली कांग्रेस र एमालेकाे संसदीय दल बैठकले विष्टलाई समर्थन गर्ने निर्णय गरेकाे थियाे ।
प्रदेशसभाकाे मंगलबार बस्ने बैठकबाट  सभामुख निर्वाचित गर्ने कार्यसूची रहेकाे छ ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर