नेमकिपाद्वारा चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट नेपाल मजदुर किसान पार्टीका चार जनाको उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार नेमकिपाले रिक्त चार वटै क्षेत्र (क्लष्टर( मा उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएको हो ।

हेटौँडा–५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेमकिपाका नेता तथा कार्यकर्तासहित पुगेर उम्मेदवारी दर्ता गराएका थिए । नेमकिपाले अपाङ्गतातर्फ भक्तपुरका हिमालयश्वर मूल, अन्यबाट काठमाडौंका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरका सङ्गीता नेपाली र महिलातर्फ भक्तपुरकै कृष्णलक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराइन् । चार जनामध्ये एक जनाले वारिसमार्फत उम्मेदवारी दर्ता गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर