लिभरपुल एफए कपको चौथो चरणमा

काठमाडौं ।  आर्सनललाई पराजित गर्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। गएराति इमिरेट्समा आर्सनललाई २-० गोलले पराजित गर्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो। पहिलो हाफ गोलरहित बनेको खेलको ८० औं मिनेटमा आर्सनलका जकुब किविओरले आत्मघाती गोल गरेका थिए। इन्ज्युरी समयमा लुइस डियाजले गोल गरेपछि लिभरपुल २-०को जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको हो।

लिभरपुलले भर्जिल भान डाइक र मोहम्मद सलाहविनै आर्सनललाई पराजित गरेको हो। भान डाइक चोटका कारण मैदानबाहिर छन् भने सलाह अफ्रिकन कप खेल्न सेनेगलमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर