बागमतीमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न समिति गठन

काठमाडौं । वाग्मती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार समिति सदस्यहरुमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर