रोहिङ्ग्या शरणार्थी शिविरका ८ सय वटा घर जले

काठमाडौं ।  बङ्गलादेशमा रहेको शरणार्थी शिविरमा आगलागी हुँदा झन्डै आठ सय वटा घर जलेर नष्ट भएका छन् । म्यानमारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थी बस्दै आएको शिविरमा आज आइतवार बिहान भएको आगलागीमा झन्डै आठ सय वटा घर जलेका शरणार्थी आयुक्त मिजानुर रहमानलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका झन्डै चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् । बङ्गलादेशमा झन्डै १० लाख रोहिङ्ग्या बसोबास गर्छन् । ती धेरै सन् २०१७ मा म्यानमारमा मुस्लिम बहुल अल्पसङ्ख्यकहरूमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए । यसअघि सन् २०२३ को मार्चमा बङ्गलादेशको कुटुपालोङ शिविरमा आगलागी हुँदा दुई हजार वटाभन्दा बढी टहरा जलेर नष्ट भएका थिए । दुई वर्षअघि त्यही शिविरमा भएको आगलागीमा परि १५ जना रोहिङ्ग्याको ज्यान गएको थियो भने ५० हजार शरणार्थी घरबारविहीन भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर