राष्ट्रियसभामा माओवादीको उम्मेदवार तय

काठमाडौं ।  सत्तारुढ नेकपा माओवादी केन्द्रले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएकाे छ। सत्ता गठबन्धनमा माओवादीले ६ सिट पाउने सहमति भएसँगै प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको हो।

माओवादीले टुँगो लगाएको नामहरुमा कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर