गोविन्दको स्वर्णिमलाई बधाई : “खबरदारीपूर्ण साथ रहिरहनेछ”

काठमाडौं । तनहुँ क्षेत्र नं. १ का नेपाली कांग्रेसका पराजित उम्मेदवार गोविन्द भट्टराईले स्पोटर्सम्यानशीप प्रदर्शन गर्दै विजयी उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई बधाई र शुभकामना दिएका छन् ।

उनले उपनिर्वाचनमा आफ्नो पराजयलाई स्वीकार्दै मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाइँले सक्नुभयो । तपाइँ यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाइँको अभिभारा बन्न पुगेको छ । मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहने छु । अनि तपाइँले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर