राष्ट्रियसभा सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच खटपट

काठमाडौं । राष्ट्रियसभाको रिक्त हुन लागेको १९ सिटको बाँडफाँटसम्बन्धी सत्ता गठबन्धनको हिजो बसेको बैठकमा नेकपा एसका नेता माधवकुमार नेपाल बीचैमै बाहिर निस्किएपछि खटपट सिर्जना भएको छ । आज माधव नेपाललाई रिझाउन सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आज पनि बस्दै छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट भएर बीचैमा हिँडेपछि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका थिए । जसअनुसार कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सिटको भागबन्डा गरेका हुन् ।

एकीकृत समाजवादीले तीन सिटमा दाबी गर्दै आएको छ । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताएपछि समाजवादी असुन्तुष्ट छ। शनिबारको छलफलमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने निर्णय गरेको थियो।

कोशीमा कांग्रेसले १ र माओवादीले १, मधेशमा कांग्रेसले १ र जसपाले १, सुदूरपश्चिममा कांग्रेसले १ र माओवादीले १ र लुम्बिनीमा कांग्रेसले १ र माओवादीले १ सिट पाउने अनौपचारिक सहमति भएपनि यसमा समाजवादी सन्तुष्ट देखिएको छैन । वाग्मती, गण्डकी र कर्णालीमा कांग्रेस र एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति हुन बाँकी छ । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर