राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले अत्यधिक बहुमतले विजयी

काठमाडौं । तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले अत्यधिक बहुमतले विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर डा. वाग्ले विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन कार्यालयले डा. वाग्लेको विजयी भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर