राष्ट्रियसभा सिट बाँडफाँट : निर्णायक वार्ता गर्दै सत्ता गठबन्धन

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिट बाँडफाँटका लागि निर्णायक वार्ता गर्न सत्ता गठबन्धन बैठक  प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ ।

राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँट गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । एमालेले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले संयुक्त छलफल गर्न लागेको हो । यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेको त्यसको बदलामा एमालेले गठबन्धनसँग राष्ट्रियसभामा ६ सिट मागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर