च्यापम्यानको शतकमा न्युजिल्यान्डको सहज जित

काठमाडौं । मार्क च्यापम्यानको शतकमा पाहुना टोली न्युजिल्यान्डले पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा पाकिस्तानमाथि सानदार जित हात पारेको छ ।

पाकिस्तानको रावलपिन्डीमा सम्पन्न खेलमा पाहुना टोली ६ विकेटको फराकिलो अन्तरले विजयी भएको हो ।

यो जितसँगै पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पाहुना टोलीले २–२ को बराबरीमा समाप्त गरेको छ।

घरेलु टोलीले दिएको १ सय ९४ रनको लक्ष्य पाहुना टोलीले १९ दशमलब २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

पाहुना टोलीको जितमा मार्क च्यापम्यानले ५७ बलमा ११ चौका र ४ छक्कासहित १ सय ४ रनको सानदार शतकीय इनिङ खेले ।

मार्कले ५४ बलमा शतक पूरा गरेका थिए । च्यापम्यानको टी-ट्वान्टी अन्तराष्ट्रियमा यो पहिलो शतक हो ।

जेम्श निसम २५ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे ।

पहिलो ओभरमा नै दुई विकेट गुमाएर सुरुआत गरेको भ्रमणकारी टोलीले ७४ रन हुन्दा ३ विकेट गुमाई सकेको थियो ।

तर, पाँचौं विकेटका लागि जेम्श निसम र मार्क च्यापम्यानले अविजित १ सय २१ रनको साझेदारीका साथ जित पक्का गराएका थिए ।

कप्तान तथा ओपनर टम लाथम ईनिङको पहिलो बलमा आउट हुँदा अर्का ओपनर चाद बोवेस १९ रनमा आउट भएका थिए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी र इमाद वासिमले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ६२ बलमा ७ चौका र ४ छक्काको सहयोगमा अविजित ९८ रनको अर्धशतकीय ईनिङ खेले ।

ईफ्तिखार अहमदले २२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । ईमाद वासिमले १४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।

कप्तान बाबर अजामले १८ बलमा १९ रन बनाउँदा फहिम असरफ १ रनमा अविजित रहे ।

न्युजिल्यान्डका लागि विलियर टिक्निरले ३ तथा ईश सोधीले १ विकेट लिए। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर