कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएकाे छ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। सत्ता गठबन्धनमा राष्ट्रियसभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन। राष्ट्रियसभाको चुनावमा प्रतिपक्षी एमालेलाई पनि सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावले गठबन्धनमा असन्तुष्टि देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर