बर्नलीविरुद्ध टोटनहमको जित, ब्रेन्टफोर्ड र वुल्भ्सबीच बराबर

काठमाडौं । एफए कपमा बर्नलीविरूद्धको खेलमा टोटनहम विजयी भएको छ। गएराति टोटनहमले घरेलु मैदानमा तेस्रो चरणाको खेलमा बर्नलीविरूद्ध संघर्षपूर्ण १-० गोलको जित निकालेको हो। ७८ औं मिनेटमा पेड्रो पोर्रोले गरेको गोल खेलमा निर्णायक बनेको हो। गएराति कार्भेन कटेजमा भएको अर्को खेलमा फुलह्याम विजयी भयो। उसले रोथेरहमविरूघ १-० गोलकै जित निकालेको थियो। फुलह्यामका लागि बबी डे कोर्डोभा रेइडले २४ औं मिनेटमा गरेको गोल खेलमा निर्णायक बनेको थियो।
ब्रेन्टफोर्ड र वुल्भ्सले भने बराबरी खेल्यो। नवौं मिनेटमै जाओ गोमेजले रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित वुल्भ्सले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेलेको हो।दुवै टिमले दोस्रो हाफमा गोल गरेका हुन्। ब्रेन्टफोर्डका निल मउपेले ४१ औं मिनेटमा गोल गरेका थिए भने वुल्भ्सका टमी डोएलले ६४ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा टुंग्याएका थिए।