मौसम : पहाडमा आंशिक बदली, तराईका थोरै स्थानमा हुस्सु

काठमाडौं ।  देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस रहेको छ । हिजो (शुक्रबार) काठमाडौंमा यस वर्षको हालसम्मकै न्यून ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो कोसी र मधेस प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर