सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर साहको मृत्यु

काठमाडौं । सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

बरहथवा नगरपालिकाको नगर प्रमुख कल्पना कटुवालको घरमा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली टाउकोमा लागेर बरहथवा नगरपालिका ६ का ३० बर्षीय जयशंकर साहको घटनास्थलमै मृत्यु भएको छ ।

साह बतलबास बजारबाट बरहथवा बजारतर्फ आउने क्रममा नेपाल विद्युत् प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताए । प्रहरीको गोली लागेर ज्यान गुमाएका साह बरहथवास्थित सर्लाही होटेलका सञ्चालक हुन् ।

अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिका अगाडि नेपाली काङ्ग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल र बहुजन एकता पार्टी सहित पाँच दलीय गठबन्धनले आन्दोलन गर्दै आएको थियो । बरहथवा बजार क्षेत्र अहिले निकै तनावग्रस्त बनेका छन्। प्रहरी र प्रदशनकारीहरुबीच ठाँउठाउँमा झडप भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर