सोमालियाको तटबाट पानी जहाज अपहरण

काठमाडौं । सोमालियाको तटबाट अरब सागरमा एक पानी जहाज अपहरण भएको छ । जहाजमा १५ भारतीय चालक दलका सदस्य रहेका छन् । यो लाइबेरियन झन्डा भएको जहाजको नाम लीला नोर्फोक हो।

भारतीय नौसेनाका अनुसार जहाजले युके मेरिटाइम ट्रेड अपरेसन पोर्टलमा सन्देश पठाएको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् । जनवरी ४ तारिख साँझ करिब ५–६ जना हतियारसहित जहाजमा ओर्लिएको बताइएको छ । व्यापारिक जहाजको सुरक्षा गर्न नौसेनाले आईएनएस चेन्नईलाई जहाजतर्फ पठाएको छ। मरिन ट्राफिकका अनुसार जहाज ब्राजिलको पोर्टो डो अकुबाट बहराइनको खलिफा बिन सलमान बन्दरगाहतर्फ गइरहेको थियो । जनवरी ११ मा उक्त स्थानमा पुग्ने कार्यक्रम थियो ।

भारतीय नौसेनाका अनुसार अपहरणको जानकारी प्राप्त हुने बित्तिकै एक समुद्री पेट्रोलिंग एअरक्राफ्ट पठाइएको थियो। विमान बिहान सबेरै जहाजको स्थानमा पुग्यो र चालक दललाई सम्पर्क गर्‍यो । नौसेनाका विमानहरूले लगातार आईएनएस चेन्नईको लोकेशन ट्र्याक गरिरहेका छन्। भेसल फाइन्डरका अनुसार जहाजलाई अन्तिम पटक डिसेम्बर ३० मा सम्पर्क गरिएको थियो। जहाज अपहरणको प्रयास कसले गर्‍यो भन्ने पत्ता लाग्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर