ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैया कँडेल नियुक्त

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको कार्यकारी निर्देशकमा मैया कँडेललाई नियुक्त गरेको छ। श्रममन्त्रालयको सीप विकास केन्द्रमा कार्यरत कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा नियुक्त गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए। उनका अनुसार कँडेललाई नयाँ जिम्मेवारी सम्हाल्ने गरी शुक्रबारदेखि नै पठाइएको छ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय क्षेत्रमा प्रहरीसँग भएको झडपका क्रममा दुई युवकको ज्यान गएको थियो। त्यसपछि तत्कालीन कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएको थियो। त्यसयता खाली रहेको उक्त पदमा कँडेलले जिम्मेवारी पाएकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर