नगद प्रवाहलाई सहज बनाउन समिति गठन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाहलाई सहज बनाउन समिति गठन गर्ने निर्णय गरेका छन् ।

शुक्रवार अपराह्न अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री महतले नगद प्रवाहलाई सहज गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकमार्फत विज्ञसहितको समिति गठन गरिने उनले बताए । उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रले तरलता सहज गर्नका लागि नीतिगत निर्णय गर्न सरकारसँग माग गर्दै आएको थियो ।

मन्त्री महतले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रलाई सही गति दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर