‘पानी मारा सरकार मूर्दावाद’, ‘मेलम्चीको पानी तुरुन्त खोल’

काठमाडौं । उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी पानीको हाहाकार सिर्जना गरेको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले पाटन मंगलबजार-दरबार स्क्वायरसम्म विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै नारा लगाएका थिए । उनीहरुले ‘पानी मारा सरकार मूर्दावाद’, ‘मेलम्चीको पानी तुरुन्त खोल’, ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर